काठमाडौं । आज (सोमबार) देशका धेरैजसो स्थानमा मौसम बदलि भएको छ ।
पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरुमा मौसम बदलि भएको छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्य बदलि रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केही स्थान तथा लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।
आज राति पनि देशभर बदलि रही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपात हुने र अन्य स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै मंगलबार र बुधबार पनि आजको जस्तै मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि घाम लागेको छैन् । विहान हल्का पानी परेको थियो । काठमाडौं उपत्यकालाई पूर्ण रुपमा बादलले ढाकेकोले खासै चिसो महसुस भने भएको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० पुस २०७७, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
आजको मौसम :यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना