आज दिनभरको मौसम कस्तो रहला ? काठमाडौँ उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, ०८ : ०५
आज दिनभरको मौसम कस्तो रहला ?  काठमाडौँ उपत्यकासहित  अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम बदली हुने र वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो ।  अहिले देशभर सामान्य बदली रहेको छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरि राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

सोमबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा भएको छ । सोमबार बिहान केहीबेर काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा छिटफुट वर्षा भयो । दिनभर पनि पानी पर्ने सम्भावना छ ।’

यसैबिच देशका उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस