विपन्न २८ बालबालिकालाई शैक्षिक सामग्री

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, ११ : ४३
विपन्न २८ बालबालिकालाई शैक्षिक सामग्री

सौराहा । रोट्रयाक्ट क्लब अफ भरतपुरले सौराहाको बद्रेनीमा बसोबास गर्ने २८ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रम संयोजक लबि तिवारीको नेतृत्वमा सौराहा बद्रेनीमा बालबालिकालाई उक्त शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ भरतपुरका अध्यक्ष दीपक कंडेललगायत रोट्रयाक्ट क्लब अफ भरतपुरका विभिन्न डाइरेक्टर तथा सदस्यहरु र बद्रेनीका स्थानीय सहभागी थिए। कोरोनाको कहरमा बद्रेनिका ससाना बालबालिकालाई सहयोगको मल्हम लगाउनु सबैको कर्तव्य भएको र रोट्रयाक्ट क्लब अफ भरतपुरले पनि विभिन्न समयमा सामाजिक कार्य गर्दैआएको कार्यक्रम संयोजक लबि तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस