आज कार्की ब्याङकेटमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, ११ : १२
आज कार्की ब्याङकेटमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

फाइल तस्विर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज कार्की ब्याङकेटमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।

अनेरास्ववियूले आयोजना गर्ने बृहत कार्यकर्ता भेलामा नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रमुख वक्ताका रुपमा रहने छन् । भेलामा ओलीसहित समूहका अन्य उच्च नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। उक्त सम्बोधनका क्रममा ओलीले उखान टुक्काहरुमार्फत प्रचण्ड–नेपाल समूहलाई कटाक्ष गरेका थिए।

कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस