ओली पक्षको भेला काठमाडौँमा सुरु, कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, १४ : २४
ओली पक्षको भेला काठमाडौँमा सुरु, कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध

काठमाडौं। नेकपा ओली पक्षको भेला काठमाडौँमा सुरु भएको छ । भेलामा  प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम तय भएको  छ । 
काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेला नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु संवोधन गर्ने कार्यक्रम तय भएको नेकपा काठमाडौँ जिल्ला कमिटीले जनाएको छ । 

भेलामा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । कार्यक्रममा सहभागी हुन आउनेलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै हलमा प्रवेश गराइएको छ । कालो मास्क र टोपी लगाएर सांकेतिक विरोधका लागि केही मान्छे आएको सूचना पाएकाले कार्यक्रम हलमा त्यस्ता वस्तु निषेध गरिएको आयोजकले जनाएको छ । 

यसअघि ओली पक्षको कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पनि कालो मास्क प्रतिबन्ध गरिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस