ओली पक्षले बाँड्यो उम्मेदवारको सूची

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०८२, १९ : ५०
ओली पक्षले बाँड्यो उम्मेदवारको सूची

काठमाडौँ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार राति हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले उम्मेदवारको सूची बाँडेको छ । एमालेको नयाँ नेतृत्वकाका ला ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।  

एमालेको चुनावमा ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । 

महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । एमाले महाधिवेशन भृकुटीमण्डप काठमाडौँमा जारी छ । उद्घाटन भने भक्तपुरको सल्लाघारीमा शनिबार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस