नेकपाको प्रचण्ड–माधव समुहले अव दोस्रो चरणको आन्दोलन सुरु गर्ने

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, ११ : १३
नेकपाको प्रचण्ड–माधव समुहले अव दोस्रो चरणको आन्दोलन सुरु गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा दाहाल-नेपाल समूहले दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आन्दोलन परिचालन गर्न नेकपाले प्रवक्ता  श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । श्रेष्ठले शनिबार समितिको बैठक बस्ने र तीन बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए । आन्दोलनका कार्यक्रम वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका सदस्यहरुको भनाइ छ ।

दाहाल नेपाल समूहले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । यो समूहले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ ।  यसअघि यो समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस