प्रधानमन्त्री ओेलीको षड्यन्त्र, राजतन्त्र पुनःस्थापना गर्ने साजिस

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, ०९ : ३९
प्रधानमन्त्री ओेलीको षड्यन्त्र, राजतन्त्र पुनःस्थापना गर्ने साजिस

काठमाडौं । खड्ग ओलीले नेपालको संविधान नै नभएको व्यवस्था अगाडि सारेर प्रतिनिधिसभाको विघटन गरे । हुँदै नहुने निर्वाचन आगामी वैशाखमा घोषणा गरे । राजनीतिक जानकार भन्छन्, ओली आफै निर्वाचन गराउने मुडमा छैनन् । ओलीले विद्यमान अवस्थामा चुनाव गराए, उनको हालत विगतको ‘माले’ भन्दा फरक हुने छैन ।

किनकी , सरकार जति अलोकप्रिय छ, त्यो भन्दा बढ्दा अलोकप्रिय छन् उनै खड्ग ओली । आफू हार्ने चुनाव कोही कसैले पनि गराउँदैन् । जानकारहरुका अनुसार ओलीले, भारतीय र अमेरिकनलाई खुसी बनाउने ध्येयका साथ नेकपाको झण्डै दुई तिहाई जनमत भएको प्रतिनिधिसभा विघटन गरेका हुन् । ओलीलाई जसरी भएपनि एमसिसी पारित गराउनुछ । 

त्यसका लागि उनले राजावादी, कमल थापाको मण्डले गुट तथा भारतीय स्वार्थमा काम गर्ने गिरोहसम्म मिलिभगत गरेका छन् । उनले केही दिनमा संघीयता खारेज गर्ने योजना बनाएका छन् । प्रदेशसभा विघटन गर्न उनले तम्तयारी हालतमा राखेका छन् । प्रदेश सरकारहरुको काम कारवाही प्रभावकारी नभइरहेको बेला त्यसलाई विघटन गर्ने गरेर तयारी गरिएको छ । यस्तै, माओवादीले स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायतलाई समेत ओलीले खारेज गरेका छन् । 

यस्तै, नेपालको गणतन्त्र, संघीयता, समावेशिता तथा धर्मनिरपेक्षाता खारेज गराउनुछ । त्यसका लागि ओली र पूर्वराजा ज्ञानेन्द्रको बीचमा अघोषित मोर्चाबन्दी भएको समेत श्रोतको दाबी छ । ओलीलाई गणतन्त्र मन परेको छैन । किनकी गणतन्त्रको आन्दोलन चल्दा ओली बालकोटको हवेलीमा बसेर भुटेको काजु खाँदै नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका जानु उस्तै भएको बताउँथे । जानकारहरुका अनुसार ओलीले भारतीय योजनामा गणतन्त्र सिध्याएर सांस्कृतिक राजा राख्न चाहेका छन् ।

त्यसका लागि उनले राजावादी, कमल थापाको मण्डले गुट तथा भारतीय स्वार्थमा काम गर्ने गिरोहसम्म मिलिभगत गरेका छन् । उनले केही दिनमा संघीयता खारेज गर्ने योजना बनाएका छन् । प्रदेशसभा विघटन गर्न उनले तम्तयारी हालतमा राखेका छन् । प्रदेश सरकारहरुको काम कारवाही प्रभावकारी नभइरहेको बेला त्यसलाई विघटन गर्ने गरेर तयारी गरिएको छ । यस्तै, माओवादीले स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायतलाई समेत ओलीले खारेज गरेका छन् । 

नेपालको नामसँग जोडिएको संघीय गणतन्त्र नेपाल भन्ने शब्दावली नै उनले खारेज गरेका छन् । ओलीले आफ्ना विरोधी तथा विपक्षीलाई अनेकन बहानामा तेजोबोध गर्ने, उनीहरुलाई अपराधी करार गर्ने तथा जे जसरी भएपनि विभिन्न मुद्दामा फसाइदिने साजिस गरिरहेका छन् । केही नेतालाई अख्तियार लगाएर डाम्ने उनको योजना छ । केहीलाई सम्पत्ति शुद्धिकरणमा फसाउनेसँगै पूर्व माओवादीका नेतालाई भने युद्ध अपराधी करार गर्ने योजनामा उनी लागेका छन् ।

रामबहादुर थापालाई साथमा लिएर उनकै काँधमा बन्दुक राखेर माओवादी सिध्याउने योजनामा ओली लागेका छन् । ओलीले खतरनाक कदम चाल्दैछन् भनेर सार्वजनिक भएका तथ्य तथा विषयहरु सोही दिशातर्फ केन्द्रीत छन् । ओलीले पछिल्ला दिना राजावादीसँग भेटघाट तीव्र पारेका छन् । राज्ययन्त्र आफूसँग केन्द्र्रीत गरी उनले सबैखालका सूचना तथा जानकारी हासिल गरेर बसेका छन् ।

सोही आधारमा उनले छानी छानी तयारी गरेका छन् । भारत, राजवादी र ओली गुटको गठबन्धन भएको छ । सो गिरोहलाई भारतीय खुफिया एजेन्सी रअले चलाउन थालेको छ । अमेरिकनको स्वार्थ समेत त्यसमा जोडिएको छ । त्यसकारण ओली विरुद्धको संघर्षलाई तेज बनाउनु नै आजको प्रमुख कर्तव्य भएको नेकपाका नेताहरुले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस