कोरोनाबाट थप ९ जनाको मृत्यु, ६ हजार परीक्षण गर्दा ५३४ जनामा संक्रमण

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, १५ : ५३
कोरोनाबाट थप ९ जनाको मृत्यु, ६ हजार परीक्षण गर्दा ५३४ जनामा संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

६  हजार जनामा पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८५६ पुगेको छ।

नेपालमा संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय ४७ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस