काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रही देशका अरु क्षेत्रको मौसम सफा रहने जनाएको छ ।
अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो प्रदेश १ मा आंशिक बदली तथा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशका अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम आंशिक रुपमा बदली हुने भएको हो । यस्तै राति प्रदेश १ मा आंशिक बदली तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ पुस २०७७, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना