आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, ०८ : ५३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले बुधबार सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ  । मौसमविदले तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बुधबार सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस