ओली प्रतिगमनका विरुद्ध आज विशाल प्रर्दशन हुदैं

राजधानीकै विभिन्न स्थानबाट जुलुश निस्कने, भृकुटीमण्डपमा विशाल जनसभा हुने, अध्यक्षद्दय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने

सफल खबर संवाददाता

मंगलबार, १४ पुस २०७७, ०७ : ५९
ओली प्रतिगमनका विरुद्ध आज विशाल प्रर्दशन हुदैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको हठात् विघटन गरेर प्रतिगमनकारी बाटो अंगालेको विरोधमा आज राजधानी काठमाडौं लगायत देशैभर विशाल जनप्रर्दशन हुदैँछ । नेकपाको प्रचण्ड नेपाल पक्षले विरोध प्रर्दशन गर्न लागेको हो ।

काठमाडौंैंमा मात्रै झण्डै ५० हजार मानिसहरुको उपस्थितीमा ओलीे प्रतिगमनको विरोधमा जनप्रर्दशन हुन लागेको प्रतिगमन विरुद्दको केन्द्रीय संर्घष समितिका संयोजक प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । काठमाडौंको जनप्रर्दशनमा वाग्मती प्रदेशका जिल्लाहरुबाट पनि मानिसहरुको उपस्थिती रहने नेकपाले जनाएको छ ।

पार्टीको विभिन्न जनवर्गीय संगठनले आ–आफनो आर्क (क्षेत्र) बनाएर राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने र उक्त जुलुस भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुनेछन् । त्यस्तै काठमाडौं बाहिरबाट आएका सहभागीहरुले पनि विभिन्न स्थानमा केन्द्रीकृत भई जुलुसमा सहभागी हुने गरी कार्यक्रम बनेको छ । केन्द्रीय संर्घष समितिले दिएको जानकारी अनुसार, नुवाकोट र रसुवाबाट आएकाहरु लैनचौरमा जम्मा भई जुलुसमा सहभागी हुनेछन् । 

सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरबाट आउनेहरुका लागि बानेश्वर चोकमा जम्मा भई जुलुसमा सहभागी हुने गरी मिलाईएको छ । ललितपुरका लागि कुपन्डोल, धादिङ, चितवन र मकवानपुरका लागि कुलेश्वर, टेकु क्षेत्रमा जम्मा भई जुलुसमा सहभागी हुने गरी ब्यवस्थापन मिलाइएको छ ।

अखिल नेता उत्तम अधिकारीका अनुसार, विद्यार्थीहरुको जुलुस घण्टाघरको त्रिचन्द्र कलेजबाट निस्कनेछ । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटका अनुसार युवाहरुको जुलुस बागबजारवाट निस्कने छ । यसरी राजधानीका विभिन्न स्थानबाट निस्कने जुलुस अन्तिममा भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुनेछ । जुलुस बिहान ११ बजे निस्कनेछ । 

असम्वैधानिक संसद विघटनको विरुद्धमा आयोजित आन्दोलनको सहभागीलाई भृकुटीमण्डपमा नेकपाका अध्यक्षद्धय प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतका जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ । नेकपाको केन्द्रीय समिति बैठकले यो कार्यक्रम तय गरेको थियो ।

पहिलो चरणको संर्घषका कार्यक्रम अन्र्तगत आजको काठमाडौं लगायतका देशैभर हुने विशाल जनप्रर्दशन प्रारम्भिक आन्दोलन मात्र हुने संर्घष समितिको सचिवालयले जनाएको छ । आन्दोलनका लागि संर्घष समितिको सचिवालयले १४ वटा नारा पनि तय गरेको छ ।