चितवनमा नेकपाको मसाल जुलुस, तस्बिरमा हेर्नुहोस्

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, १८ : २०
चितवनमा नेकपाको मसाल जुलुस, तस्बिरमा हेर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड–माधव समूहका चितवन युवा नेतृत्वले मसाल जुलुस निकालेको छ । मंगलबारको बृहद प्रदर्शनको पूर्वसन्ध्यानमा प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै जुलुस मसाल जुलुस निकालिएको हो ।

भरतपुरको लायन्स चोकदेखि निकालिएको जुलुस सहिद चोकसम्म पुगेको थियो । 


मसाल जुलुसमा नेकपाका युवा नेताहरु आरसी अधिकारी, धर्म कार्की, सन्तोष पनेरुलगायत सयौं संख्याका युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

ओलीको पुस ५ गतेको कदमपछि नेकपा विभाजित बनेको छ भने चितवनमा ओली समूह खोज्नुपर्ने अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुहोस