आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, ०९ : ३४
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सफा रहने जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो । सोमबार दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।मौसमविदले तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख बाक्लो हुस्सु–कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस