संसद् छलेर वैशाखयता १० अध्यादेश

पत्रपत्रिकाबाट

सोमबार, १३ पुस २०७७, ०८ : १५
संसद् छलेर वैशाखयता १० अध्यादेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् छलेर वैशाखयता १० वटा अध्यादेश ल्याएको छ । संसद् बन्द भएको र चलिरहेको संसद् बन्द गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी गरिएको हो ।  

संसद्को हिउँदे अधिवेशन सकिएर बर्खे अधिवेशन सुरु नगरी बीचको समयमा वैशाख ८ मा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् काम, कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएका थिए । त्यसै दिनमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो । तर, ती दुवै अध्यादेशको सत्तारुढ नेकपा पार्टी भित्रै र बाहिर व्यापक विरोध भएपछि खारेज गर्न अर्को अध्यादेश जारी भएको थियो ।

अध्यादेश ल्याउनै पर्ने भएकाले ल्याइएको निवर्तमान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा आफू मन्त्रालयमा आएदेखि अध्यादेश ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्।  ‘ल्याइएका अध्यादेशमध्ये अत्यन्तै उपलब्धीमूलक तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धमा बनेको अध्यादेश थियो । त्यसमा पीडितहरू निकै खुसी हुनुभएको थियो’, कानुन मन्त्रीबाट भूमि व्यवस्था तथा गरीवी निवारण मन्त्री बनेकी उनले भनिन्, ‘हामीलाई विधेयक ल्याएन सही लागेर नै ल्याएका हौं ।’ उनलाई आइतबार नै कानुन मन्त्रालयले विदाई गरेको छ।

सरकारले गत असोज १२ मा एकैदिन ३ वटा अध्यादेश ल्याइएको थियो । एकैदिन तेजाव तथा घातक रासायनिक पदार्थ नियमन, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्न बनेका विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याइएको थियो । गत मंसिर ३ मा औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।

त्यसैगरी गत मंसिर २१ मा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको थियो । मंसिर ३० मा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याइएको थियो । यो अध्यादेश यस अघि खारेज गरी दोस्रोपटक जारी भएको हो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस