काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सफा रहने जनाएको छ ।
अहिले तराईका भू–भागका थोरै स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा छ । शनिबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण केही क्षेत्रमा मौसम बदली हुने देखिएको हो । यस्तै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ पुस २०७७, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह