काठमाडौँ । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप आज अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।
घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिनुभयो । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० पुस २०७७, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन