काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सर्रिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् ।
‘यदी चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा आयोजित विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुुभमेन्टको सभाका क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रश्न राखेकी हुन् ।
मरियम पाकिस्तान मुुस्लिम लिग–नवाज –पिएमएल–एन) की नेतृ हुन् । ‘चुनावभन्दा पहिले इमरानले भन्थें कि उनीसँग २ सयजना विद्धानको टिम छ । त्यो टिम अहिले कहाँ छ ? उनका मन्त्री आ–आफ्नो धुन बजाउँछन् , तर उनको २ सय जनाको टोली पाकिस्तानमा कहीं कतै देखिएको छैन ।’
इमरानले दिएएको एक बयानबारे प्रश गर्दै मरियमले भनेकी छिन्, ‘उनी देशको समस्या र विदेशी ऋणबारे जानकारी छैन भन्छन् । उनी यो पनि जान्दैंनन् कि सरकार कसरी चलाइन्छ र यसका लागि तयार पनि थिएनन् ।’
मरियमले एक दिनअघि पनि इमरानमाथि निशाना साँधेकी थिइन् । उनले भनेकी थिइन्, ‘पर्याप्त गृहकार्य नगरी कोही पनि सत्तामा आउनुु हुँदैन ।’ इमरान खानले पाकिस्तानको सत्ता सम्हालेको झन्डै २ वर्ष ६ महिना भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १० पुस २०७७, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल