काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाकालागि सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बिहीबार साँझ बैंक र महासंघबीच सम्झौता भएको हो । सम्झौतपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले निर्यात व्यवसायी महासंभमा आवद्ध व्यवसायीहरुलाई अल्पकालिन तथा दिर्घकालिन अवधिका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने छ । त्यसबाहेक महासंघका सदस्यहरुलाई आवश्यक सबै प्रकारका बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रपसाद ढकालले स्वदेशमा उत्पादन भएका वस्तुहरुको निर्यात बढाउन र अर्थतन्त्रलाई थप बलियो बनाउने उद्देश्यले निर्यात व्यवसायीहरुलाई सुविधान प्रदान गर्ने सम्झौता भएको बताए ।
बैंकले निर्यात व्यवसायीहरुलाई विदेशी मुद्राको अभाव हुन नदिन डलर खाता तथा डलर क्रेडिट कार्डमा विशेष सेवा दिने पनि अध्यक्ष ढकालले बताए । सम्झौता अनुसार बैंकले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने मात्र नभई निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान दिने, पुनरकर्जा उपलब्ध गराउने, विदेशी मुद्रा खाता तथा सटही सुविधा लगायतका सेवाहरु उपलब्ध गराउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
माछापुच्छ्रे बैंक र सीबीएल मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता
माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेञ्जबीच रेमिट्यान्स सेवा सम्झौता
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
सगरमाथा सफाइका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच सम्झौता