अभिनेता रणवीर कपुरले मुख खोले :  ‘अलिया भट्टसँग सम्बन्धमा छु’

एजेन्सी

शुक्रबार, १० पुस २०७७, ०९ : २९
अभिनेता रणवीर कपुरले मुख खोले :  ‘अलिया भट्टसँग सम्बन्धमा छु’

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूरले पहिलो पटक अभिनेत्री आलिया भट्टसँगको सम्बन्धको बारेमा खुलेर कुराकानी गरेका छन् । उनले कोरोनाभाइरसको महामारीका कारण उनीहरुको विवाह रोकिएको बताएका हुन् ।

उनले भने,‘कोराना महामारी नभएको भए यतिबेलासम्म हामीहरु विवाह बन्धनमा बाँधिइसकेका हुने थियौँ ।’ उनले एक अन्तरवार्ताका क्रममा उनीभन्दा आलिया सफल रहेको समेत खुलासा गरे । यता, आलियाले भने आफूलाई विवाह गर्न हतार नभएको बताएकी छन् । उनले आफ्नो उमेर निकै सानो भएको र विवाह गर्ने समय नआएको बताइन् । 

एक भारतीय मिडिया रिपोर्टका अनुसार लकडाउनको समयमा आलिया र रणवीर एकसाथ बस्दै आएका थिए । लकडाउनमा आलियाले रणवीरको कपाल काटेको चर्चा समेत चलेको थियो । 

रणवीरका पिता ऋषि कपूरको निधन भएको समयमा आलिया रणवीरको पारिवारिक कार्यक्रममा बाक्लो रुपमा उपस्थित भएकी थिइन् । आलिया र रणवीरको पूरै परिवारबीच निकै राम्रो सम्बन्ध रहँदै आएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस