काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम भने सफा रहने जनाएको छ ।
अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । तर तराई र पहाडका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ । शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम केही प्रभावित हुने देखिएको हो । यसैगरी राति प्रदेश १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह