प्रतिनिधिसभा विघटनको विरोधमा चितवनमा मसाल जुलुस, प्रहरीबाट लाठीचार्ज

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १८ : १०
प्रतिनिधिसभा विघटनको विरोधमा चितवनमा मसाल जुलुस, प्रहरीबाट लाठीचार्ज

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा चितवनको जनवर्गीय संगठनले मसाल जुलुस निकालेको छ । 

माधव प्रचण्ड पक्षले भरतपुरको क्याम्पस गेटबाट निकालेको मसाल जुलुस हाकिमचोकमा पुगेर समापन भएको थियो । सहभागी नेकपा युवाहरुले केपी ओलीले गरेको संसद विघटनको विरोध गरेका थिए । उनीहरुले संसद पुनस्र्थापनाको माग गरेका छन् ।  मसाल जुलुस कार्यक्रममा सयौँको उपस्थिति थियो । मसाल जुलुसमा प्रहरीले धरपकड गरेको थियो । 

चितवन मेडिकल कलेज अगाडिबाट चौबीसकोठीतर्फ आउँदै गरेको जुलुसमा प्रहरीले लाठीचार्ज गरेको युवा नेता धर्म कार्कीले बताए। प्रहरीको लाठीचार्जबाट  एक दर्जनबढी युवाहरूको खुट्टामा चोट लागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस