काठमार्डौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी शुरु गरेको छ ।
जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तयार गर्न बिहीबार बैठक बसेको जसपाका नेता केशव झाले बताए । बैठकमा आन्दोलनको तयारी सम्बन्धमा छलफल भएको नेता झाले बताए ।
जसपाले यस अघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुष १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुष ११ गते मशाल जुलुस निकाल्ने र पुष १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ ।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
२४ गतेको विध्वंस, उग्र बनाउने पत्रकार, कलाकार देखि जेनजी अगुवा विरुद्ध किटानी जाहेरी
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो
आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब
जेनजी आन्दोलनमा लुटपाटसँगै आगजनी गर्नेलाई कारबाही गर्न तीन निजी क्षेत्रका संगठनको माग