बादलको कित्ता क्लियर : ओली समूहको बैठकमा सहभागी, उनी निकटका नेता भन्छन–बादलसँग सति जान सकिएन

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १३ : ४८
बादलको कित्ता क्लियर : ओली समूहको बैठकमा सहभागी, उनी निकटका नेता भन्छन–बादलसँग सति जान सकिएन

काठमाडौँ । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य राममबहादुर थापा ‘बादल’को कित्ता क्लियर भएको छ । यसअघि पर्ख र हेरको अवस्थामा रहेका बादले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहको बैठकमा सहभागी भएसँगै उनको कित्ता क्लियर भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएका छन् । 

बादल पूर्व माओवादी खेमाका प्रभावशाली नेता हुन् । उनी माओवादी केन्द्रमा पार्टी महासचिव थिए । तत्कालीन माओवादी केन्द्र र एमालेबीचेको पार्टी एकीकरणपछि बादल माओवादी केन्द्रबाट गृहमन्त्री भएका थिए । उनलाई प्रचण्ड र माधव समूहले र ओली समूह दुबैले आफ्नो समूहमा तानातान गरेका थिए । अन्ततः बादल ओली समहमा गए । बादल गए पनि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकलगायत उनी निकटका नेताहरु सबै प्रचण्ड–माधव पक्षको कित्तामा गएका छन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार बसेको आफूपक्षीय केन्द्रीय समिति सदस्यको बैठकमा अर्को दिनको बैठकमा बादल सहभागी हुने बताएका थिए, तर बादल ओलीको कित्तामा गए । प्रधानमन्त्री ओलीले बादललाई कार्यकारी अध्यक्ष नै प्रस्ताव गरेको स्रोतको भनाइ छ ।  बादल’ले आफ्ना निकटस्त मानिने पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर केपी ओली क्याम्प रोजेपनि बादल निकटका नेताहरु भने प्रचण्ड–नेपाल क्याम्पमै रहेका छन् । 

बादल निकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बादलसँगै सति जान नसक्ने प्रतिक्रिया दिएका छन् । बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाइँको प्रगति होस् ।’

प्रतिक्रिया दिनुहोस