प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा जाने कि नजाने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बुधबार केन्द्रीय कार्यसमिति बैठकमा चर्काचर्की भएको छ ।
सडक संघर्षलाई टार्न सभापति देउवाले बैठक लम्ब्याउन खोजेको संकेत पाएपछि पौडेलले बुधबार नै सडकमा जाने कार्यक्रम ल्याउन दबाब दिएका थिए ।
बैठक भएको दुई दिनमा आठ जनाले मात्रै धारणा राखेका छन् । बुधबार १ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ३ बजे मात्रै बसेको थियो । मंगलबार पनि एक घण्टा ढिलो गरी बैठक बसेको थियो । सभापति देउवाले ४ जनाले बोलेपछि बैठक स्थगन गर्दै आएका छन् । बुधबारसम्म २७ जनाको बोल्ने सूची बाँकी नै छ । यस्तै गतिमा बैठकमा चल्दा लामो समय जाने देखेर पौडेलले विरोधका कार्यक्रम ल्याइहाल्न माग गरेका थिए । देउवाले बैठकको बीचबीचमा निर्वाचन आयोगबाट चुनाव चिह्न नपाएसम्म नेकपा फुटेको मान्न नसकिने भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा परेको रिट र निर्वाचन आयोगको निर्णय पर्खनुपर्ने बताउँदै आएका थिए ।
सभापतिको त्यस्तो धारणासँग असहमत हुँदै संघर्षको कार्यक्रम तत्काल घोषणा गर्नुपर्नेमा पौडेलले जोड दिएका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ पुस २०७७, ०७ : ४३
लेखकबाट थप