काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको समस्या अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण निम्तिएको दावी गरेका छन् । मंगलबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक जीवन र विकसित घटनाक्रमका सन्दर्भलाई प्रकाश पार्दै उनले परिवर्तित परिस्थितिमा यो बैठक आयोजना गरिएको बताए ।
उनले पार्टी सचिवालय बैठक बस्नका लागि पनि धेरै पापड बेल्नुपरेको स्मरण गराए । बैठक बोलाउन केपी ओली तयार नभएपछि आफूहरु धुम्बाराहीमा भेला भएको र मौखिकमात्र नभई लिखित रुपमा पनि आफ्ना कुरा राखौं भनेर ओलीलाई भेट्न बालुवाटार गएको उनले स्मरण गराए ।
त्यहाँ आफूहरुलाई प्रधानमन्त्री ओलीले गैरजिम्मेवार जवाफ दिएको पनि उनले सुनाए । बैठकमा पटक पटक कार्यकारी अध्यक्षको कुर्सी हटाइएको पनि उनले जिकिर गरे ।
‘उहाँ (कार्यकारी अध्यक्ष प्रचण्ड) ले पटक पटक अपमानको विष पिउनु भएको छ,’ उनले भने, ‘मैले त केपी ओलीलाई भनेँ पनि– यो त प्रचण्ड भएकाले मात्र सहनु भयो, म भएको भए..।’
पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, अन्य केही साथीहरु यो बैठकमा अनुस्थित रहेको चर्चा गर्दै उनले उनीहरु एउटा गुटको भेलामा लागेको टिप्पणी गरे । पार्टीको ४४१ सदस्यीय केन्द्रीय समितिको झण्डै दुई तिहाई सदस्य यहाँ उपस्थित रहेको दावी गर्दै उनले कसैले गुटको भेला गरेर त्यस्तो भेलाले गर्ने निर्णय मान्य नहुने बताए ।
एक नम्बर अध्यक्ष भएकाले मेरो हस्ताक्षर कार्यकारी, मैले गरेको काम नै निर्णायक भन्ने खालको कुरा पनि सुन्ने गरिएको चर्चा गर्दै नेता नेपालले विधि, विधान र संविधान अनुसार त्यस्ता तर्कको कुनै तुक नरहेको दावी गरे ।
उनले अहिले देखिएको विवाद पदका लागि नभएको दावीसमेत गरे । ‘पदको हानाथाप होइन, कस्तो पार्टी बनाउने भन्ने विवाद हो,’ उनले भने, ‘नियम र अनुशासनमा बस्नुपर्छ भन्ने कुरालाई उहाँले घेराबन्दी भन्न थाल्नुभयो ।’ सरकारका दैनिक काम कारवाहीमा आफूहरुले हस्तक्षेप नगरेको र गर्नु हुँदैन भन्नेमा जानकार रहेको उनले बताए । तर नियुक्तिहरु, पार्टीका नीतिगत कुराहरु लागू गर्ने सवालमा पार्टीको निर्देशनलाई सरकारलाई मान्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘स्थायी कमिटी बैठकमा गरिएको निर्णयलाई पालना गर्नुभएन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल