एकता महाधिवेशन २०७८ मंसिर २ गते गर्ने ओली पक्षको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १३ : ३८
एकता महाधिवेशन २०७८ मंसिर २ गते गर्ने ओली पक्षको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीका अनुसार ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छ ।

आज उनीहरुलाई सपथ ग्रहण समेत गराइएको छ । निकट समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस