ओलीले बोलाएको बैठकमा गएनन् बादल

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, ११ : २३
ओलीले बोलाएको बैठकमा गएनन् बादल

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर बादल अनुपस्थित भएका छन् । सोमबार ओली र प्रचण्ड दुबै पक्षले बोलाएको बैठकमा उनी सहभागी भएका थिएनन् । 

प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका थिएनन् भने उनी कता लाग्ने भन्नेमा अझै स्पष्ट भइसकेका छैनन् । 

यद्यपी भट्ट र बादल निकटका केही नेता भने ओलीले बोलाएको आजको बैठकमा सहभागी छन् । 
आइतबार नै बादलले ओलीसँगै झण्डै दुई घण्टा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस