गठजोड हुँदा पनि म बहुमतमै हुन्छु, म ६४ प्रतिशत मतप्राप्त प्रधानमन्त्री हुँ : ओली

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १२ : ३७
गठजोड हुँदा पनि म बहुमतमै हुन्छु, म ६४ प्रतिशत मतप्राप्त प्रधानमन्त्री हुँ : ओली

file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री भएकाले  गठजोड हुँदा पनि आफु बहुमतमै हुने कुरामा जोड दिएका छन् । 

आफू निकटका निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

“संवैधानिक व्यवस्थाअनुसार हो कि होइन भन्ने विश्वको उदाहरण पनि हेर्नुपर्ने हुन्छ । अदालतले के गर्छ भन्ने प्रश्नमा ६४ प्रतिशत प्राप्त प्रधानमन्त्री हुँ । त्यसैले हामीबाहेक गठजोड हुँदा पनि म बहुमतमै हुन्छु । त्यसैले अदालतले अहिले रोक्न मिल्दैन ।”

उनले बालुवाटारमा सोमबार बिहान भएको भेलामा सम्बोधन गर्दै भने, “प्रचण्ड–माधव नेपालको गठबन्धन अनावश्यक थियो, हामी एकैठाउँमा हुँदा पनि व्यवस्थापन गर्न सकेनौँ । लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको हो ।”

ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यो निर्णय लिनुपरेको बताएका छन् ।


 

प्रतिक्रिया दिनुहोस