काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीकी माता टङ्ककुमारी राजभण्डारीकोे निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा गए राति ९० वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएकी माताले सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ पुस २०७७, १८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस