नेकपा बैठक अन्यौलमा

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १२ : ३४
नेकपा बैठक अन्यौलमा

काठमाडौँ । संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि आजका लागि बोलाइएको नेकपा बैठक अन्यौलमा परेको छ । ५ वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल भइरहेको छ । गत पुस १ गते बसेको नेकपा स्थायी समिति बैठकले पुस ५ गते अर्को बैठक बस्ने मिति निर्धारण गरेको थियो । 

आज बिहानबाट विकसित राजनीतिक परिस्थितिपछि निर्धारित बैठक प्रभावित हुने देखिएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस