काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल २०७६ जेठमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालुवाटार पुगेका थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफलमा रहेका ओलीले दाहाललाई बाहिर करिब दुई घण्टा कुराए । त्यसअघि पनि ओलीलाई भेट्न जाँदा बारम्बार कुर्नुपरेका दाहालले आफ्नो सचिवालयका सदस्यहरूसँग भनेका थिए, ‘केपीजीले सारै अपमान गर्नुभयो । तीन–चार चोटि नै भयो, घण्टौं बाहिर कुराउनुहुन्छ ।’
ओली प्रधानमन्त्री बनेयता उनलाई भेट्न दाहाल तीन सय चोटिभन्दा धेरै बालुवाटार पुगेका छन् । शनिबार भने दृश्य बदलियो, ओली स्वयं दाहाल निवास खुमलटार पुगे ।
प्रधानमन्त्री भएयता ओली दाहाल निवास खुमलटार गएको यो दोस्रो पटक हो । यसअघि २०७५ मंसिरमा दाहालका छोरा प्रकाशको पहिलो स्मृतिसभामा सहभागी हुन खुमलटार गएका थिए । शनिबार भने पार्टीभित्र संकटमा परेपछि त्यसलाई पार लगाउने उपायको खोजीमा उनी पुगेका हुन् ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ पुस २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति