काठमाडौं । अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको दोस्रो खोप प्रयोगका लागि अनुमति दिएको छ । योसँगै खोपको दसौं लाख मात्रा वितरण गर्नका लागि बाटो खुलेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार मोडर्नाको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।
मोडर्नाको खोप प्रयोगका लागि अनुमति दिन सकिने सल्लाहकार समितिको सुझावसँगै एफडीएले त्यसको अनुमति दिएको हो ।
एफडीए सल्लाहकार समितिले बिहीबार २० मतका साथ खोपलाई अनुमोदन गरेको हो । खोप प्रयोगको अनुमतिबारेको निर्णयमा एक सदस्य तटस्थ बसेका थिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ पुस २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने