काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्ट रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
मेलौली नगरपालिका–९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर आज दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्याक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका–३ का २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
रित्तो ट्याक्टर कसरी दुर्घटनामा प¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०४ पुस २०७७, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु