काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्ट रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
मेलौली नगरपालिका–९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर आज दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्याक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका–३ का २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
रित्तो ट्याक्टर कसरी दुर्घटनामा प¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०४ पुस २०७७, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते