काठमाडौँ । खुमलटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।
ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनीहरुबीच एक घण्टा भेटवार्ता भएको छ । ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् ।
सुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए । भेटवार्तामा के भयो भन्ने भने खुलिसकेको छैन ।
ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् भने गौतम पुगेको आधा घण्टापछि बरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका हु्न् ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ पुस २०७७, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता