भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

एजेन्सी

शनिबार, ०४ पुस २०७७, ११ : ५९
भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

एजेन्सी । कोरोना कहरले विश्वलाई नै आक्रान्त बनाईरहेका बेला भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २५ हजार १ सय ५२ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या एक करोड नाघेको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ९५ लाख ५० हजार ७ सय १२ जना निको भएका छन् भने करिब ३ लाख संक्रिय केस रहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ९५.४६ प्रतिशत संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस