अध्यादेशबारे नेकपा नेता झनै सशंकित

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ पुस २०७७, ०७ : ३९
अध्यादेशबारे नेकपा नेता झनै सशंकित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै परिषद्को बैठक राखे त्यसले दुर्घटना निम्त्याउने भन्दै सचेत गराएपछि उनले अन्तिम समयमा बैठक स्थगित गरेका छन्। बुधबारको सहमतिअनुसार अध्यादेश फिर्ताका लागि बोलाइएको भनिएको बिहीबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेशबारे उच्चारण नै नगरेपछि पार्टीका नेताहरू सशंकित बनेका छन्। मन्त्रिपरिषद्का सदस्यहरू प्रधानमन्त्रीको पछिल्लो क्रियाकलपाबाट आजित देखिएका छन्।

पार्टीका कार्यकारी अध्यक्ष दाहालले अध्यादेश फिर्ताको निर्णय बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट लिन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिँदै एक मन्त्रीले भने, ‘पहिला पनि हामीलाई जानकारी दिएर अध्यादेश जारी भएको होइन, आजको मन्त्रिपरिषद् बैठकमा पनि यो विषयमा कुनै छलफल भएन। सुटुक्क ल्याइयो, सुटुक्कै फिर्ता हुने होला। प्रधानमन्त्रीले अरूलाई मान्छे नै देख्न छाड्नुभएको छ। एक्लैले सिफारिस गरेको अध्यादेश फिर्ता लिने निर्णय पनि आफैंले मात्र गर्न खोज्नुभएको होला।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस