काठमाडौं । काठमाडौंमा चार महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणालीको अन्त्य भएको छ । कोभिड १९ का कारण यातायातका साधनमा गत साउनदेखि नै काठमाडौँमा जोरबिजोर प्रणाली लाग्दै आएको थियो ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले जोरबिजोर प्रणाली अत्य गर्ने निर्णय गरेको हो । अब काठमाडौँमा चल्ने यातायातका साधानमा जोरबिजोरको प्रणाली हुने छैन ।
गत साउन २१ गतेदेखि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको थियो । जोरबिजोर प्रणाली हटाउन व्यवसायीहरुले चर्को दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ पुस २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश