यातायातका साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १५ : १६
यातायातका साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य

काठमाडौं । काठमाडौंमा चार महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणालीको अन्त्य भएको छ । कोभिड १९ का कारण यातायातका साधनमा गत साउनदेखि नै काठमाडौँमा जोरबिजोर प्रणाली लाग्दै आएको थियो ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले  जोरबिजोर प्रणाली अत्य गर्ने निर्णय गरेको हो । अब काठमाडौँमा चल्ने यातायातका साधानमा जोरबिजोरको प्रणाली हुने छैन । 

गत साउन २१ गतेदेखि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको थियो । जोरबिजोर प्रणाली हटाउन व्यवसायीहरुले चर्को दबाब दिँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस