भिसाबिनै ७ नेपाली हङकङ पुगे, निगमलाई स्पष्टीकरण

पत्रपत्रिकाबाट

विहीबार, ०२ पुस २०७७, ०८ : १३
भिसाबिनै ७ नेपाली हङकङ पुगे, निगमलाई स्पष्टीकरण

काठमाडौं ।  यात्रुको कोरोना जाँचको पीसीआर रिपोर्टका नतिजा फरक परेपछि चार पटकसम्म हङकङ उडानमा प्रतिबन्ध खेपेको नेपाल वायुसेवा निगमलाई अर्को समस्या परेको छ ।

लकडाउनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरकफरक समयमा भएका तीन चार्टर उडानमार्फत भिसा नै नभएका ७ जना नेपाली यात्रु लगेको भन्दै हङकङको अध्यागमन कार्यालयले निगमलाई स्पष्टीकरण सोधेको छ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले निगमलाई सोधेको स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नभएमा प्रतियात्रु १० हजार हङकङ डलर ९१ लाख ५१ हजार रुपैयाँ० का दरले करिब साढे १० लाख रुपैयाँ जरिवाना तिराउने उल्लेख गरेको छ । स्रोतका अनुसार, भिसा नभएका नेपालीलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालय र निगमको यात्रु सेवा विभागका कर्मचारीको मिलेमतोमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती यात्रु भदौ र असोज महिनामा भएका उडानबाट हङकङ पुगेका थिए ।

‘हङकङको अध्यागमन कार्यालयले निगमको हङकङ स्टेसनलाई ती यात्रुको नामसहितको विवरण पठाउँदै स्पष्टीकरण पत्र पठाएपछि थाहा पाइयो,’ काठमाडौंस्थित निगम स्रोतले भन्यो, ‘हङकङ स्टेसनले त्यहाँको स्टेसनलाई सोधेको स्पष्टीकरण काठमाडौं मुख्यालयमा सर्कुलर गरेपछि यो विषय बाहिर आएको हो ।’ निगमको हङकङ स्टेसनले उताको सरकारको पत्रसहित यात्रु पठाउँदा नियम कडाइका साथ पालना गरेरमात्रै पठाउन भनेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस