बढ्यो धान उत्पादन

पत्रपत्रिकाबाट

विहीबार, ०२ पुस २०७७, ०७ : १३
बढ्यो धान उत्पादन

काठमाडौँ । गत वर्षको तुलनामा यसपालि धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ ।

गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ लाख मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको तर त्यसको तथ्याङ्क बाहिर नआएको बताउनुभयो । मौसम अनुकूलता, समयमा सिँचाइ, मल आपूर्ति, धान खेतको क्षेत्रफल वृद्धि लगायतका कारण उत्पादन वृद्धि भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसपालि धान उत्पादन वृद्धि हुनुको मुख्य कारण खेतीयोग्य जमिनको क्षेत्रफल वृद्धि नै हो । मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ भएको थियो ।” गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस