काठमाडौँ । सर्वोच्च अदालतमा संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै तीन वटा छुट्टाछुटै रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले आज सो माग राख्दै छुट्टाछुटै रिट निवेदन दायर गर्नुभएको हो ।
नेपालको संविधानले नै संवैधानिक परिषद्मा छ सदस्यीय संरचनाको व्यवस्था गरेको उल्लेख गर्दै रिट निवेदनमा अध्यादेशले संविधानको मूल्यमान्यतलाई भत्काएको उल्लेख छ । संवैधानिक परिषद्को बैठक बोलाउने काम, बैठकमा उपस्थित हुने सदस्यको कामसमेत असंवैधानिक भएको रिट निवेदनमा उल्लेख छ ।
संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०, २०६६ लाई सरकारले मङ्गलबार अध्यादेशमार्फत संशोधन गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ पुस २०७७, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी