काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा ७३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार ९१६ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा पाँच हजार ५५५ जनाको पीसीआर परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ पुस २०७७, १६ : ३४
लेखकबाट थप