काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।
सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्धारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए ।
अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए । उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको उनले बताए । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताए ।
सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए । अवदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ पुस २०७७, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
सिंहदरबारमा कति सवारी साधन जले ? (सूचीसहित)
आगजनी, तोडफोड र लुटपाटपछि सिंहदरबारलाई पुनः लयमा फर्काइँदै
सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी