काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विभाजनकारी मानसिकता रहेको बताएका छन् । सोही मानसिकता उनले मंगलबार ल्याएको अध्यादेशले पुष्टि गरेको प्रचण्डको भनाइ छ ।
बीबीसी नेपालीसँगको अन्तर्वार्तामा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्ने समेत बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा षड्यन्त्रपूर्वक अध्यादेश घुसाएर ओलीले राष्ट्रपतिबाट जारी गराएका थिए ।
प्रचण्डले पार्टीलाई छलेर ल्याएको अध्यादेशले लोकतन्त्रको उपहास गरेको र संसदको अपमान गरेको समेत बताएका छन्।
प्रचण्डले भने, ‘यसले कहीँ न कहीँ संसद्को अपमान गर्ने, संसद्लाई मिनिमाइज गर्ने र निरङ्कुशतातिर जाने कुराको सङ्केत गरेको महसुस गर्छु ।’
उनले आफूलाई अध्यादेश ल्याउनेबारे कुनै पूर्व जानकारी नभएको बताउदै आफूले प्रधानमन्त्रीले अध्यादेश सिफारिस गरेको र राष्ट्रपतिले जारी गरेको भन्ने बारेमा मिडियाबाट मात्र थाहा पाएको बताएका छन् ।
प्रचण्डले ओलीको आजको कदमले दुरी अझै बढेको बताएका छन् । प्रचण्डले पार्टीको स्थायी कमिटीको बैठकमै राखेर अगाडि बढ्नसक्ने अवस्था रहेको भन्दै उनले भने, ‘मेरो विचारमा यो संसद्को नियमित अधिवेशन बोलाउनैपर्ने बेलामा, अस्ति भर्खरै सर्वदलीय बैठक देशमा सबै प्रमुख दलहरूले तुरुन्त बैठक बोलाउन माग पनि गरिरहेको सन्दर्भमा अहिले आफ्नो पार्टीमा स्थायी समितिको बैठक चलिराखेको छ र पार्टीलाई पनि छलेर जसरी उहाँले अध्यादेश ल्याउनुभयो लोकतन्त्रको योभन्दा ठूलो उपहास हुन सक्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ पुस २०७७, ०६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड