काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विभाजनकारी मानसिकता रहेको बताएका छन् । सोही मानसिकता उनले मंगलबार ल्याएको अध्यादेशले पुष्टि गरेको प्रचण्डको भनाइ छ ।
बीबीसी नेपालीसँगको अन्तर्वार्तामा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्ने समेत बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा षड्यन्त्रपूर्वक अध्यादेश घुसाएर ओलीले राष्ट्रपतिबाट जारी गराएका थिए ।
प्रचण्डले पार्टीलाई छलेर ल्याएको अध्यादेशले लोकतन्त्रको उपहास गरेको र संसदको अपमान गरेको समेत बताएका छन्।
प्रचण्डले भने, ‘यसले कहीँ न कहीँ संसद्को अपमान गर्ने, संसद्लाई मिनिमाइज गर्ने र निरङ्कुशतातिर जाने कुराको सङ्केत गरेको महसुस गर्छु ।’
उनले आफूलाई अध्यादेश ल्याउनेबारे कुनै पूर्व जानकारी नभएको बताउदै आफूले प्रधानमन्त्रीले अध्यादेश सिफारिस गरेको र राष्ट्रपतिले जारी गरेको भन्ने बारेमा मिडियाबाट मात्र थाहा पाएको बताएका छन् ।
प्रचण्डले ओलीको आजको कदमले दुरी अझै बढेको बताएका छन् । प्रचण्डले पार्टीको स्थायी कमिटीको बैठकमै राखेर अगाडि बढ्नसक्ने अवस्था रहेको भन्दै उनले भने, ‘मेरो विचारमा यो संसद्को नियमित अधिवेशन बोलाउनैपर्ने बेलामा, अस्ति भर्खरै सर्वदलीय बैठक देशमा सबै प्रमुख दलहरूले तुरुन्त बैठक बोलाउन माग पनि गरिरहेको सन्दर्भमा अहिले आफ्नो पार्टीमा स्थायी समितिको बैठक चलिराखेको छ र पार्टीलाई पनि छलेर जसरी उहाँले अध्यादेश ल्याउनुभयो लोकतन्त्रको योभन्दा ठूलो उपहास हुन सक्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ पुस २०७७, ०६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग