काठमाडौं । महोत्तरीको मनरासिस्वा नगरपालिका–६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्डअन्तर्गत आज जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो ।
सर्लाहीको बलरा नगरपालिका–९ छतौना गाउँका ललन सिंहको छोरा धीरज सिंह र मनरासिस्वा नगरपालिका–६ का हरिविष्णु सिंहको छोरी पुनिता सिंहको विवाहमा जन्ती भएर आएका राजेशले चढेको बीआर०५पी २०२२ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापश्चात् गाडी चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० मंसिर २०७७, १७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते