आनवीद्वारा जन्मदिनको अबसरमा १ लाख ५१ हजार सहयोग

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, ०८ : १८
आनवीद्वारा जन्मदिनको अबसरमा १ लाख ५१ हजार सहयोग

काठमाडौं । गोरखाको आरुघाट, अल्काटार घर भइ हाल काठमाडौं बस्दै आएकी आनवी बन्जाराले आफ्नो १४ औं जन्मोत्सवको अबसरमा बिद्यालयको अक्षय कोष र बिपन्न विद्यार्थीको अध्ययनको लागि १ लाख ५१ हजार आर्थिक सहयोग गरेकी छन ।

आफ्नो जन्मोत्सवको अबसरमा उनले गोरखाको पालुङटार – ४, बारपिर्केस्थित भृकुटी आधारभुत बिद्यालयको अक्षयकोषको लागि ७० हजार रुपैया सहयोग गरेकोमा त्यसबाट बिद्यालयका बिपन्न र जेहेन्दार विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरि पढ्न पाउने छन । साथै सो रकमबाट सोही बिद्यालयमा अङ्ग्रेजी माध्यमको पढाईको लागि आबस्यक सामाग्री जुटाउन र निजि शिक्षकको लागि समेत सहयोग पुग्ने बताइएको छ ।

सोही बिद्यालयको लागि रु ५ हजार बराबरको १ हजार १ सय थान माक्स समेत जन्मदिनकै अबसरमा उपलब्ध गराइएको थियो । सोही अबसरमा पालुङटार ४, लुइँटेलको अमरज्योति माबिमा पनि ४५ हजार ८ सय रुपैयाँ सहयोग गरिएको छ । सो बिद्यालयमा अध्ययन गर्ने नेत्रहीन विद्यार्थीहरुलाई आबश्यक सेतो छडी, पोशाक, स्टेशनरी लगायतका सामाग्रीहरु खरिद गर्न सो सहयोग रकम आनवीका बुबा आकाश बन्जाराले उपलब्ध गराएका हुन् । ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधि एवं नेपाल संयोजक बिनोद पोख्रेल मार्फत बन्जाराले सो रकमको चेक पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलले सो बिद्यालयकी प्रधानाध्यापक तारा जोशीलाई हस्तान्तरण गरेका छन्।

आनवी बन्जाराको जन्मोत्सवकै अबसरमा फोक्सोमा निमोनिया भइ थलिएर काठमाडौंमा रहेका राकेश योगीका ३ जना बाबु नानीको अध्ययनको लागि पनि ३० हजार २ सय रुपैयाँ सहयोग गरिएको छ । यस अघि पनि राकेश योगीको उपचारको लागि आकाश बन्जाराले रु ३० हजार सहयोग गरेका थिए ।

गोरखाको आरुघाट, अल्काटार स्थाई घर भइ हाल ग्लोबल गोरखा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष रहेका आकाश बन्जारा हङकङका सफल हेण्डिक्राफ्ट  ब्याबसायी हुन । कालिका दैनिकका डाइरेक्टर समेत रहेका बन्जाराले नेपालमा यस अघि  पनि विभिन्न क्षेत्रमा सहयोगहरु गर्दै आएका छन  ।

प्रतिक्रिया दिनुहोस