कैलाली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको नेकपा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् ।
सोमबार कैलालीको धनगढीस्थित पार्कमोडमा सरकारको विरोधमा गरिएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् ।
‘अब जनतामा धैर्यता टुटिसकेको छ । सरकारले जनताले गरेका अपेक्षा केही पूरा गरेन’, पूर्वमन्त्री समेत रहेका नेता थापाले भने, ‘ सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन कुनै काम गरेको छैन, हावादारी गफमा समय बिताइरहेको छ ।’
सरकार अकर्मण्य र गैरजिम्मेवार भएको बताउँदै थापाले भ्रष्टाचार गर्दिनँ भन्नेले वाइडबडी पुरै खाएको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०७७, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा