कैलाली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको नेकपा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् ।
सोमबार कैलालीको धनगढीस्थित पार्कमोडमा सरकारको विरोधमा गरिएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् ।
‘अब जनतामा धैर्यता टुटिसकेको छ । सरकारले जनताले गरेका अपेक्षा केही पूरा गरेन’, पूर्वमन्त्री समेत रहेका नेता थापाले भने, ‘ सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन कुनै काम गरेको छैन, हावादारी गफमा समय बिताइरहेको छ ।’
सरकार अकर्मण्य र गैरजिम्मेवार भएको बताउँदै थापाले भ्रष्टाचार गर्दिनँ भन्नेले वाइडबडी पुरै खाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०७७, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा