दाङ । तुलसीपुरबाट नेपालगञ्जका लागि गुडिरहेको बसमा आगलागी भएको छ । रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बखरियामा आगलागि भएको थियो ।
बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए। ‘बसमा १२–१३ जना यात्रुहरू हुनुहुन्थ्यो,’ चालक चौधरीले भने ‘एकाएक आगो बलेपछि मैले सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाए र कुनै मानविय क्षति भएन।’
चालक चौधरीले बसमा पुरै आगो दन्किएको र आगो निभाउनका लागि बारुण यन्त्रलाई खबर गरेको बताए । आगलागीबाट दमकल नआउदै बस ध्वस्त भएको छ । उनले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको जानकारी दिए।
‘आगोदेखिए पछि बस रोकेर त्यो निभाउने प्रयास गर्यौं, तैपनि सफल भएनौं,’ चौधरीले भने। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले पनि ब्याट्रीको वाइरिङबाट आगो सल्किएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति