कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ ।
चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।
टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ मंसिर २०७७, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई कैद सजाय
माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्छ : मन्त्री चौधरी
सन २०१७ देखी बन्धक भएकी एक महिलाका अमेरिकन प्रहरीद्दार उद्दार
महिलाको शव निर्वस्त्र अवस्थामा फेला
साढे चार किलो चरेश भारत लैजाँदै गरेकी महिला पक्राउ