काठमाडौं । कलंकीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ वटा सवारी साधनमा क्षति भएको ट्राफिक प्रहरी महाशाखाका प्रमखु एसएसपी जनक भट्टराईले जानकारी दिए।
थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रकले ढुंगेअड्डामा एकसाथ छ वटा सवारी साधनलाई ठक्कर दिएको हो । प्रदेश–२–०३–००१ ख १४२० नम्बरको ट्रकको ब्रेक फेल हुँदा अन्य सवारी साधनलाई ठक्कर दिएको प्रहरीको अनुमान छ।
घटनास्थलमै ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ। दुर्घटनामा थप सातजना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रहरीका अनुसार दुर्घटनामा रजित चौधरी, गणेश शर्मा, साजन खत्री, रामचन्द्र सिंम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्या थिङ घाइते भएका छन् ।
उक्त दुर्घटनामा बा २ ज २०४७ नम्बरको ट्याक्सी, बा ४ च २२१ नम्बरको पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको यात्रुबाहक बस, बा ५१ प ४९५१ नम्बरको मोटरसाइकल प्रदेश नम्बर ३–०२००६ प १३४१ नम्बरको मोटरसाइलक र अर्को एक स्कुटरलाई ट्रकले ठक्कर दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते